नेपालमा बालबालिकाको अबस्था:
नेपाल विश्वमा आर्थिक, शैक्षिक र मानव शंशाधन बिकासको दृस्टिले पछाडि परेका मुलुकहरु मध्येमा पर्दछ। यहाँ कुल जनसंख्याको करीब ३३ प्र. मानिसहरु गरीबीको रेखा मुनि बाँचिरहेका छन् र करीब ४५ प्र. जनताहरु बेरोजगार छन् । परीणामत: नेपालले संयुक्त राष्ट्र सङ्घिय बाल अधिकार संधि (UNCRC)* प्रतिबद्द राष्ट्र भएपनि बालबालिकाहरुको जिवन, स्वास्थ्य, सुरक्षा र शिक्षा आदि सम्बन्धि आधारभुत अधिकार तथा सुबिधाको पर्याप्त ब्यबस्था गर्न सकेको छैन । देशमा ३ देखि ५ बर्ष उमेर समुहका ४१ प्र. बालबालिकाहरुको शिशु स्याहार कार्यक्रम (early childhood development) मा पहुंच नहुनु र करीब ८४ प्र. बालबालिकाहरु एबम् किशोर र किशोरीले बिद्यालय शिक्षा बिचैमा परित्याग (drop out) गर्नु परेको तथ्यांक यस्का केहि उदाहरणहरु मात्र हुन्*। साथै, गरीबी, अशिक्षा, सामाजिक आर्थिक बिषमता र पारिवारीक झैंझगडाका कारण देशभरीका करीब ५००० काठमाडौंमा मात्र ८०० सडक बालबालिकाहरु पाइन्छन्*। काठमाडौं राजधानि शहर भएकाले देशभरीका मानिसहरु स्वास्थ्य सेवा र रोजगारी आदिको खोजि गर्दै बसाइंसराइमा भैरहेको तिब्रबृद्दिले पनि समस्या झन बद्दै गएका छन्।
ध्रुबतारा संस्थाको परीचय:
कुनैपनि देशको (खासगरि नेपाल जस्तो द्वन्द ग्रस्त देशमा) दिर्घकालिन सकारात्मक परीवर्तन र प्रगतिको लागि शिक्षा र सिप बिकाश महत्वपुर्ण आधारहरु हुन सक्छन् । तसर्थ, नेपालको प्रचलित ऐन बमोजिम गैर नाफा मुलक, गैर सरकारी, सामाजिक संस्थाको रुपमा २००४ मा जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा दर्ता गरी ध्रुबतारा बाल बिकाश समाज सन्चालन गरेको हो। यस्को प्रमुख उद्देश्य सिमान्तकृत, जोखिममा परेका (at-risk), टुहुरा अबस्थाका बाबजुद लगनसिल र निरन्तर परीश्रमी भै समाजलाई महत्वपुर्ण योगदान पुर्याएको कारण उस्लाई उत्तर दिशामा चम्किनें “चम्किलो तारा” अर्थात “ध्रुब तारा” बनाएको सन्दर्भबाट प्रभाबित भै यस संस्थाको नाम ध्रुबतारा राखिएको हो । यस संस्थाले समाजमा मानबिय मुल्य मान्यता (पुनर्) स्थापित गर्न बालबालिकालाई बिबेकसिल, सजग, सक्षम र समाजप्रति जिम्मेवार नागरिक बनाउने लक्ष्य लिएको छ।
ध्रुबतारा संस्थाको प्रमुख उद्देश्यहरु:
१. उपलब्ध स्रोत, साधन र सुचनाको ब्यबस्थित परीचालन गरी बालबालिकाहरुलाई अधिकार र अबसरहरु सृजना गर्दै सचेत, सभ्य र समतामुलक समाजको निर्माण गर्ने।
२. बालबालिका बिरुद्ध हुने सबै प्रकारका भेदभावहरुलाई न्युनिकरण गर्ने।
३. बालबालिकाको उत्थान एवम् विकासक लागी बालबालिका सम्बन्धि अध्ययन अनुसन्धान गर्ने।
४. शिक्षा, सिपमुलक कार्यक्रमहरु मार्फत निम्न आयमा निर्भर परीवारको आर्थिक स्थितिमा सुधार ल्याउने।
५.समाज कल्याणका लागि बिभिन्न कार्याक्रमहरु सन्चालन गर्ने
ध्रुबतारा संस्थाको प्रमुख उद्देश्यहरु:
१. उपलब्ध स्रोत, साधन र सुचनाको ब्यबस्थित परीचालन गरी बालबालिकाहरुलाई अधिकार र अबसरहरु सृजना गर्दै सचेत, सभ्य र समतामुलक समाजको निर्माण गर्ने।
२. बालबालिका बिरुद्ध हुने सबै प्रकारका भेदभावहरुलाई न्युनिकरण गर्ने।
३. बालबालिकाको उत्थान एवम् विकासक लागी बालबालिका सम्बन्धि अध्ययन अनुसन्धान गर्ने।
४. शिक्षा, सिपमुलक कार्यक्रमहरु मार्फत निम्न आयमा निर्भर परीवारको आर्थिक स्थितिमा सुधार ल्याउने।
५.समाज कल्याणका लागि बिभिन्न कार्याक्रमहरु सन्चालन गर्ने
ध्रुबतारा संस्थाका हालसम्मका कार्यक्रमहरु:
१. बिद्यार्थि सहयोग:
यस संस्थाले स्थापनाकाल देखि सन्चालन गर्दै आएको यस कार्यक्रम अन्तर्गत काठमाडौंमा ४८ जना बालबालिकाको बिद्यालय शुल्क, बिद्यालय पोशाक, स्तेसनरी र पुस्तक पुस्तिकाका साथै बिरामी पर्दा औषधी खर्च बेहोर्ने गरेको छ । संस्थाको स्वयम्सेवकहरुले बिद्यालय वा घरमा पुगेर वा सम्बन्धित अभिभबकहरुलाई भेटेर बालबालिकाको निरन्तर निरक्षन र सुपरीबेक्षण गर्ने गरेको छ । ति बिद्यार्थि मध्ये हालै २००९ सलको प्रबेशिका परिक्षामा ४ जनाले first division/distinction नतिजा लिएर उतिर्ण गरि १० + २ कक्षा पद्दै छन् भने जन आन्दोलन २०६२।६३ का घाइटेका एक जना छोरी समेतलाई यो कार्यक्रम मार्फत सहयोग पुर्याई रहेको छ।
२.बिद्यालय सहयोग:
रोटरी क्लब अफ फ्रान्सको अनुदान प्राप्तगरी स्युचाटारका ग्रामिण भेगका २ वटा बिद्यालयहरु श्री पन्चकन्या निम्न माध्यमिक बिद्यालय (२०० बिद्यार्थि) बाउन्डरि पर्खाल र पुस्तकालय तथा अमरज्योति माध्यमिक बिद्यालयलाई (६०० बिद्यार्थि) पुस्तकालय निर्माणार्थ आर्थिक सहयोग प्रदान गरेको थियो।
३.अनौपचारिक शिक्षा सहयोग:
सन २००८ मा, यस संस्थाले स्युचाटार र नक्सालका बिद्यालय जान नपाएका ८ देखि १५ बर्षका बालबालिकाहरुलाई लक्षित गरी अनौपचारिक शिक्षा कक्षा सन्चालन गरेको थियो । उक्त कक्षामा जम्मा ४० जना बालबालिकाहरु सहभागी भएकोमा अधिकांस सडक बालबालिका र निम्न आय भएका मजदुर आमा बाबुका छोराछोरीहरु थिए। ९ महिने कक्षामा उत्तिर्ण गरेका मध्ये २० जना भन्दा बढि बालबालिकाहरुलाई नजिकका बिद्यालयहरुमा भर्ना गराई पठनपाठनमा मद्दत् पुर्याईएको थियो ।
Note: 1. Source: Save The Children Fund (SCF), Nepal; 2. Centre for Child Welfare Board (CCWB), Nepal; 3. Abbreviation: United Nation’s Child Right Convention (UNCRC)
