Tag Archives: UNCRC

ध्रुबतारा बाल बिकाश समाज (DHRUBATARA NEPAL)

नेपालमा बालबालिकाको अबस्था:

नेपाल विश्वमा आर्थिक, शैक्षिक र मानव शंशाधन बिकासको दृस्टिले पछाडि परेका मुलुकहरु मध्येमा पर्दछ। यहाँ कुल जनसंख्याको करीब ३३ प्र. मानिसहरु गरीबीको रेखा मुनि बाँचिरहेका छन् र करीब ४५ प्र. जनताहरु बेरोजगार छन् । परीणामत: नेपालले संयुक्त राष्ट्र सङ्घिय बाल अधिकार संधि (UNCRC)* प्रतिबद्द राष्ट्र भएपनि बालबालिकाहरुको जिवन, स्वास्थ्य, सुरक्षा र शिक्षा आदि सम्बन्धि आधारभुत अधिकार तथा सुबिधाको पर्याप्त ब्यबस्था गर्न सकेको छैन । देशमा ३ देखि ५ बर्ष उमेर समुहका ४१ प्र. बालबालिकाहरुको शिशु स्याहार कार्यक्रम (early childhood development) मा पहुंच नहुनु र करीब ८४ प्र. बालबालिकाहरु एबम् किशोर र किशोरीले बिद्यालय शिक्षा बिचैमा परित्याग (drop out) गर्नु परेको तथ्यांक यस्का केहि उदाहरणहरु मात्र हुन्*। साथै, गरीबी, अशिक्षा, सामाजिक आर्थिक बिषमता र पारिवारीक झैंझगडाका कारण देशभरीका करीब ५०००  काठमाडौंमा मात्र ८०० सडक बालबालिकाहरु पाइन्छन्*। काठमाडौं राजधानि शहर भएकाले देशभरीका मानिसहरु स्वास्थ्य सेवा र रोजगारी आदिको खोजि गर्दै बसाइंसराइमा भैरहेको तिब्रबृद्दिले पनि समस्या झन बद्दै गएका छन्।

ध्रुबतारा संस्थाको परीचय:

कुनैपनि देशको (खासगरि नेपाल जस्तो द्वन्द ग्रस्त देशमा) दिर्घकालिन सकारात्मक परीवर्तन र प्रगतिको लागि शिक्षा र सिप बिकाश महत्वपुर्ण आधारहरु हुन सक्छन् । Continue reading

Leave a comment

Filed under CHILDREN